आफुहरुले उठाएको मागहरु सम्बोधन गरे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वर्तमान सरकारमा सहभागी हुन र नेपाली काँग्रेससंग चुनावी तालमेल गर्न तयार भएको छ ।
प्रधानमन्त्री तथा कााग्रेस सभापती शेरबहादुर देउवा तथा लोसपा नेताहरुको बुधबार बालुवाटारमा भएको छलफलमा लोसपाका नेताहरुले नागरिकता समस्या समाधान र आफ्ना कार्यकर्ताहरुमाथीको मुद्दा फिर्ता गरिए सरकारमा सहभागी हुन तयार रहेको जनाएका हुन् ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछी लोसपाका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । यसअघी पनी प्रधाानमन्त्री देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबिच यसबारे छलफल भईसकेको छ ।
लोसपा कार्यकारिणी बैठकमा स्थानीय तह निर्वाचनका लागी तयारी, पार्टीको विधान अधिवेशन, गठबन्धनका शर्त तथा सरकारमा सहभागिताजस्ता विषयमा छलफल भएको थियो ।
आज (विहिवार) समेत जारी रहेको बैठकमा बुधवार देउवासंग भएको छलफलका विषयमा जानकारी गराईने र त्यसबारे थप विमर्श गरिने जनाईएको छ ।
लोसपाका मधेश प्रदेश अध्यक्ष तथा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले देउवा सरकारमा सहभागी हुने कुरा बैठकमा छलफल भएको र त्यसबारे आजको बैठकमा निर्णय लिईने जनाएका छन् ।
‘हामिले उठाएका मागहरुको संबोधन गर्न प्रधानमन्त्रीज्यु सकारात्मक हुनुहुन्छ’, नेता सोनलले भने– ‘छलफल जारी छ, आवश्यक परे लोसपा सरकारमा सहभागी हुनसक्छ, काँग्रेससंग तालमेलपनी हुनसक्छ ।’
मागहरुको संबोधन भए कांग्रेस र लोसपाबीच दिर्घकालिन रुपमा तिनै तहको निर्वाचनमा तालमेल हुनसक्ने सोनलले बताए।