भारतिय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि (शुक्रवार) भारत जाँदैछन् ।
प्रधानमन्त्रीको भारत भ्रमणमा संघीय सरकारका चार जना मन्त्री तथा उच्च तहका कर्मचारीहरु सहभागि हुने छन् ।
आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले देउवासंगै चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।
प्रधानमन्त्री देउवासंगै परराष्ट्रमन्त्री डा.नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनाएका छन् ।
भारत भ्रमणका क्रममा देउवाले भारतका उपराष्ट्रपती एम बेंकैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, तथा अन्य मन्त्रीहरुसंग भेटवार्ता गर्नेछन् ।
उच्चस्तरिय राजनितिक भ्रमणमा जानलागेका देउवा नेपाल फर्किनुअघी उत्तर प्रदेशको वाराणशी (बनारश) समेत पुग्ने छन् ।