पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२३ जनाको पीसीआर परीक्षण गर्दामा २४ जना र १ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन् भने हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार २६ जना होम आइसोलेसनमा रहेका छन् भने ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।