बझाङमा पर्यटन प्रवर्द्धनका लागि सेती नदीमा र्याफ्टिङ कार्यक्रम गरिएको छ।
बझाङको पर्यटन प्रवर्द्धनका लागि एक्सपोलोर सुदूरपश्चिम टुर एण्ड एड्भेन्चरको आयोजना तथा उद्योग वाणिज्य संघ बझाङ र कर्णाली र्याफ्टिङ एण्ड एड्भेन्चरको समन्वयमा सेती नदीमा र्याफ्टिङ सुरु गरिएको हो ।
एक्सपोलोर सुदूरपश्चिम टुर एण्ड एड्भेन्चरका सञ्चालक तथा धनगढीका पर्यटन व्यवसायी किशोर खड्काले जिल्ला समन्वय समिति बझाङका प्रमुख खड्कबहादुर खड्का लगायतका स्थानीय जनप्रतिनिधिको उपस्थितीमा शुक्रबार तलकोट गाउँपालिका–१ को तातोपानी कुण्डमा र्याफ्टिङ कार्यक्रमको शुभारम्भ गरिएको जानकारी दिए ।
उद्घाटन कार्यक्रमपछि सेती नदीको तातोपानी कुण्डदेखि करीब ८ किलोमिटरको दुरीमा रहेको सदरमुकाम चैनपुर नजिकैको पानकोट पुलसम्म र्याफ्टिङ गरिएको बताए ।