इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शनिबार भएको खेलमा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ।
गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।१ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो।
दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा ७ चौका प्रहार गरे।गुजरातको जितमा लोक्की फर्गुसनले ४ विकट लिँदा मोहमद शामीले २, राशिद खान र हार्दिक पाण्डेयाले समान १–१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। गुजरातका लागि शुभम गिलले सर्वाधिक ८४ रनको शानदार इनिङ्स खेले। उनले ६ बलमा ६ चौका र ४ छ्क्का प्रहार गरेका थिए। हार्दिक पाण्डेयले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन्।
दिल्लीका मुस्ताफिजुर रहमानले ३ तथा खलिल अहमदले २ विकेट लिए। यो जितसँगै गेजरात ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। दिल्लीको २ अंक छ।