प्रधानमन्त्री शेरबहादुर देउवा आज बनारस पुग्ने भएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा नयाँ दिल्लीबाट बनारस जान लागेका हुन्।
बिहान ९ बजे बनारस प्रस्थान गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गर्ने कार्यक्रम रहेको छ।
बनारसमा देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन्। बनारसबाट नयाँ दिल्ली हुँदै देउवा आजै काठमाडौं फर्कनेछन्। शुक्रवार प्रधानमन्त्री देउवा समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा पुगेका हुन्।