शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड महामारीको कारण चीन लगायतका देशहरूबाट फर्केका विद्यार्थीहरूलाई निवेदन दिन आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू कोभिड १९ माहामारकिो अवधिमा नेपाल फर्किएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाइएका विद्याथीहरुले मन्त्रालयको वेबसाइटमा राखिएको निवेदनको ढाँचा अनुसार विवरण खुलाई चैत २५ गतेभित्र निवेदन दिन आग्रह गरिएको हो ।
विद्यार्थीले निवेदन दिनको लागि मन्त्रालयकै वेबसाइटमा राखिएको निवेदनको ढाँचा डाउनलोड गरी फर्म भर्न सक्नेछन् ।कोभिड महामारीको कारण चीन बाट फर्केका २०१५/२०१६ ब्याचका विद्यार्थीको इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन अत्यन्तै ढिलाइ भएको भन्दै एमबिबिएस अध्ययन गर्ने विद्यार्थीहरूले यस अघि विभिन्न आन्दोलनका कार्यक्रमहरू गरेका थिए ।
निवेदनको ढाँचा डाउनलोड गर्नकोलागि यहाँ क्लिक गर्नुस्