घरका विभिन्न प्राविधिक कामहरु गराउन व्यवहोरिनुपर्ने समस्या अब एक फोनमै समाप्त हुने भएको छ ।
क्विक् फिक्स प्रा.लि. नामक कम्पनीले विरगञ्जमा दिदै आएको उक्त सेवा काठमाडौमा पनी विस्तार गरेको छ ।
इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, कार्पेन्टर, कम्प्युटर प्रिन्टर टेक्निसियन, टफन ग्लास फेब्रिकेसन, इलेक्ट्रोनिक्स टेक्निसियन लगायतका प्राविधिक सेवाका साँथै इन्जिनियरिङ्ग परामर्श सेवा समेत उक्त कम्पनिले दिने भएको छ ।
सन २०१६ मा स्थापना भएको क्विक् फिक्स प्रा.लि ले ग्राहकको एक फोन (कल सेन्टर नम्बरमा) ले घरमै सेवा प्रदान गरिरहेको कम्पनिका कार्यकारी निर्देशक मनिष यादवले जनाएका छन् । हाल कल सेन्टर मार्फत सेवा दिईआएको कम्पनिले बैशाखदेखि मोबाइल एप मार्फत सेवा विस्तार गर्ने तैयारी गरिरहेको प्रबन्धक निर्देशक यादवले जनाए ।
काठमाडौं उपत्यकामा दक्ष प्राविधिक सेवा पाउन झन्झटिलो रहेको अवस्थामा उपभोक्ताको घरदैलोमै सेवा प्रदान गर्ने भएपछी सेवा लिन सरल भएको छ ।
चाहिएको समयमा आवश्यक प्राविधिक नपाइने र पाईए पनि गुणस्तरिय सेवा नपाइने जस्ता समस्या क्विक् फिक्सले समाधान गर्ने यादवले बताएका छन् ।
हाल विरगञ्ज र काठमाडौंमा प्रारम्भ भएको सेवालाई देशको अन्य शहरहरुमा समेत विस्तार गर्ने योजना रहेको यादवले बताए ।
‘हामी उपभोक्ताको जिवनयापन सहज बनाउन यो सेवा ल्याएका हौं’, यादवले भने– ‘यसलाई थप प्रभावकारी तथा वृहत रुपमा हरेक नागरिकको पहुँचमा पुर्याउने तयारीमा लागेका छौं ।’
आगामी २०७९ सालभित्र नेपाल भरिका बिभिन्न शहरहरूमा सेवा विस्तार गर्दै थप क्षेत्रहरूको प्राविधिकहरुलाई समेत जोडेर सेवा दिने र अझै आधुनिक प्रविधी मार्फत ग्राहकवर्गलार्ई सहज तथा सुलभसेवा प्रदान गर्ने योजना रहेको यादवले बताए ।
कम्पनिको वेबसाइट (www.quickfix.com.np) बाट आफूले चाहेको सेवाको लागि तिर्नुपर्ने शुल्क पनि थाहा पाउन सकिने यादवले बताए । हालसम्म के–के समस्या आयो र कति शुल्क खर्च गरियो भन्नेबारे विवरण पनि वेवसाईटबाट हेर्न मिल्ने यादवले बताए । सेवा प्राप्त गर्न कम्पनिको कल सेन्टर नम्बर ९८०१७१७०० मा फोन गर्न सकिन्छ ।