सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिहरुको प्रोफाईल विकिपिडियामा राखिएको हुन्छ । अनुसंधान तथा जानकारी प्राप्त गर्नकालागि सबैले विकिपिडियाको सहारा लिने गरेका छन् ।
तर सबैले विश्वास गर्ने सर्च ईन्जिनले नै गलत सुचना प्रकाशित गरेपछी नागरिकमा भ्रम सिर्जना भएको छ ।
मधेस प्रदेशका एक मन्त्रीको विकिपिडिया प्रोफाईलमा उपमुख्यमन्त्री लेखिएको पाईएपछी विवाद शुरु भएको छ ।
प्रदेशका भोतिक पुर्वाधार विकाशमन्त्री रामसरोज यादवको विकिपिडिया प्रोफाईलमा उपमुख्यमन्त्री लेलिएको हो ।
नेपाली काँग्रेसबाट बर्तमान प्रदेश सरकारमा मन्त्री रहेका यादवको नाम अगाडी हुँदै नभएको उपमुख्यमन्त्री पद लेखिएपछी विवाद शुरु भएको हो ।
प्रदेशका केही नेताले यादवले आफ्नो व्यक्तिगत आकांक्षा परा गर्न हुँदै नभएको उपमुख्यमन्त्रीको तग्मा भिडाउन लगाएको आरोप समेत लगाएका छन् ।
स्मरण रहेको ७ प्रदेश रहेको नेपालमा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री हुने व्यवस्था माात्रै रहेको छ, उपमुख्यमन्त्री पद नेपालको चलनमा छैन् ।