आसन्न स्थानिय निकाय निर्वाचनमा पार्टीबाट उम्मेदवार हुनेहरुको टुंगो तत्कालै नलगाउन नेपाली काँग्रेसले निर्देशन दिएको छ ।
सत्तारुद्ध गठबन्धनका दलहरूबिच चुनावी तालमेलको तयारी अगाडी बढेपछि काँग्रेसले तत्कालै उम्मेदवारहरुको टुंगो नलगाउन ७७ वटै जिल्लामा सर्कुलर गरेको हो ।
पार्टी केन्द्रीय समितिले यसअघि नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यहरुको उम्मेदवारको नाम सिफारिस गर्न र त्यसको टुंगो लगाउन सर्कुलर गरेको थियो ।
प्रधानमन्त्री तथा कााग्रेस सभापती शेरबहादुर देउवा भारत भ्रमणसकी नेपाल फर्किएपछी सत्तारुढ दलहरूसँग गठबन्धनको सम्भावना बढेको तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरिएको हो काँग्रेस श्रोतले जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ गते उम्मेदवारको मनोनयन गर्ने मिति तोकेको छ ।
विधानअनुसार कांग्रेसले मनोनयन गर्नुभन्दा एक महिना अगावै उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने थियो । तर, यसअघि वैशाख १ गतेसम्ममा उम्मेदवारको टुंगो लगाइसक्न निर्देशन गरेपनि फेरि तत्काल त्यो प्रक्रियालाई स्थगित गर्न निर्देशन गरेको हो ।
काँग्रेसको आनतरिक विधानअनुसार वडाअध्यक्ष र सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला संसदीय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिहरूले टुंगो लगाउने व्यवस्था छ ।
त्यसका लागि सम्बन्धित तहको कार्यसमितिले हरेक पदमा सर्वसम्मत उम्मेदवार चयन गर्ने र सर्वसम्मत नभए एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने र त्यसको टुंगो माथिल्लो तहले लगाउने व्यवस्था छ ।
काँग्रेस श्रोतका अनुसार केन्द्रले जिल्ला सभापतिहरुलाई फोन गरेर तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो ।
गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले गठबन्धनका साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग स्थानीय आवश्यकताअनुसार तालमेल गरेर चुनावमा भाग लिने निर्णय गरिसकेको छ ।