चैत्रको चर्चरापुर्ण घामलाई थिचोल्दै पार्टी कार्यक्रममा सहभागि हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलवार) विरगञ्ज पुगेका छन् ।
सेतो कुर्ता पाईजामा माथी स्टिकोट र रातो गम्छा ओढेर विरगञ्ज पुगेका ओलिलाई हजारौंको संख्यामा रहेका नेता कार्यकर्ताहरुले स्वागत गरेका छन् ।
एमाले पर्साले आयोजना गरेको वृहत पार्टी प्रवेश तथा जनसभामा सहभागि हुनपुगेका ओलीलाई विरगञ्जबाट उत्साहपुर्ण समर्थन मिलेको छ ।
मधेस आन्दोलनको उद्दगम स्थलको रुपमा परिचित कोर मधेसको विरगञ्जमा मधेसकै पहिरनमा पुगेका ओलीले आफु मधेस विरोधि नभई मधेसको अधिकारका पक्षधर भएको संकेत दिएका छन् ।
मधेस आन्दोलनताका मधेस बिरोधी पात्रको रुपमा प्रचारित गरिएका ओलिले विरगञ्ज लगायत आसपासका क्षेत्रका हजारौं नेता कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको एमाले पर्साले जनाएको छ ।
यसअघी विरगञ्ज उपमहानगरपालिकाका मेयर विजय सरावगी तथा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलाई पार्टीमा स्वागत गर्न विरगञ्ज पुगिसेका ओलीले आजपनी त्यस क्षेत्रका बलिया तथा प्रभावशाली नेताहरुलाई एमालेमा प्रवेश गराउने बुझिएको छ ।