लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) को मधेस प्रदेश सदस्यमा युवा नेता सफुल्लाह अंसारी चयन भएका छन् ।
लोसपा प्रदेश समितिले अंसारीको कार्य कुशलताको कदर गर्दै उनलाई पार्टीको प्रदेश समितिमा चयन गरेको हो ।
लोसपा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सोमवार अंसारी लगायत ९३ जनालाई प्रदेस सदस्यमा मनोनित गरेका हुन् ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१५ बकुलहर निवासी अंसारी २०७२ सालदेखी तत्कालिन राजपा हुँदै लोसपाका लागी कार्य गरिआएका छन् ।
२०७० सालमा सुचनाको हकका अभियानमा संलग्न हुँदैआएका अंसारी बारा जिल्लामा ख्यातिप्राप्त युवा नेता हुन् ।
मधेस आन्दोलनमा सक्रिय सहेका उनलाई पार्टीले प्रदेश सदस्यको जिम्मेवारी दिएको लोसपा केन्द्रिय सदस्य डा.कमरुल्लाह अंसारीले जनाए ।