पञ्चायतकालदेखी विकासको छायाँमुनी ओझेलिएको मधेस प्रदेशको सप्तरी जिल्लामा अहिले सड्क सञ्जालको जाल फैलिएको छ ।
जनता समाजवादी पार्टीका नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको गृह जिल्ला पर्ने सप्तरीका हरेक क्षेत्रमा अहिले सड्क सञ्जाल पुग्न थालेको छ ।
अध्यक्ष यादवकै पहलमा राजविराज नगरपालिका, सप्तरी को मलेठ स्थित पम्प नहर को सर्भिच चौक, बिरौल–डुमरी–भरुवा–झल्हीफर्सेठ–सिगियौंन तिलाठी–चट्टी टोल–लोखरम– लालापट्टी सडकको निर्माण कार्य तिब्र गतिमा रहेको छ ।
त्यस्तै महदेवा गाउँपालिका वडा नम्बर–१ पकरीदेखि–सोनरा–तोपा–हुँदै राजविराज वडा नम्बर १५ मुसहरनियाँ हुदै विषहरिया–सकरपुरा हुदै रम्पुरा डलवासम्मको सडक शिलान्यास भईसकेको छ ।
यादवकै पहलमा संघीय सरकारको रणनीतिक सडक अन्तर्गत २५ करोडको लागतमा सप्तरीको भारदह–डाढा, पकरी सडकको शिलान्यस भएको छ ।
प्रदेश सरकार, संघीय सरकार, भौतिक भसर्वाधार विकास मन्त्रालयको नियमित, क्षेत्रगत तथा पुरक बजेटबाट निर्माण हुनलागेको उक्त सड्कले जिल्लाका हरेक क्षेत्रहरुलाई जोडेर दैनिक जिवनयापन सहज बनाउने बुझिएको छ ।
सप्तरीबाटै प्रतिनिधित्व गरी संघीय सरकारको भौतिक पुर्वाधार मन्त्री भएकी जसपा नेतृ रेणु यादवले उक्त क्षेत्रहरुको सड्क विस्तार तथा स्तरोन्नतिमा ध्यान दिएपछी जिल्लामा सडक सञ्जाल स्थापित भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले समेत सडक सञ्जालको बिकास भएमात्रै नागरिकको जनस्तरमा विकास हुने र आर्थिक क्रियाकलापसंग जोडिन सकिने भन्दै यसरी सड्क सञ्जालमा बढी ‘फोकस’ गरेको बुझिएको छ ।
अध्यक्ष यादवले अर्बौ बजेटको लागतमा निर्माण भईरहेको सड्कहरुको गुणस्तर तथा उपयोगिताबारे नागरिकलाई चासो राख्न तथा अनुगमन गर्न आग्रह समेत गरेका छन् ।