लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या देखिएपछि भैरहवाबाट हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।
लोसपा नेता केशव झाका अनुसार पार्टीको कार्यक्रममा भैरहवा पुगेका अध्यक्ष ठाकुरको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।
अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भइराखेको छ । अक्सिजनको लेभल घटेर समस्या भएको चिकित्सकले बताएका छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
भैरहवास्थित भीम अस्पतालमा सामान्य उपचारपछि उनलाई बुधबार दिउँसो काठमाडौं ल्याइएको थियो ।