सत्तारुढ गठबन्धनहरुबिच तालमेलको कुरा चलिरहंदा मधेस प्रदेशको एकमात्रै विरगञ्ज माहनगरपालिकामा भने मेयर र उपमेयरमा मात्रै तालमेल हुने भएको छ ।
गठबन्धनबिच भएको सैद्धान्तिक सहममती अनुसार देशको ६ महानगरपालिका मध्ये जुन दलले जहाँ जितेको छ, सोही दलको मेयर–उपमेयर उम्मेदवार बनाईने छ । वडाहरुमा भने आवश्यक्ता अनुसार स्थानिय पार्टी नेतृत्वले निर्णय लिनेछन् ।
२०७४ को स्थानिय निकाय निर्वाचनमा ६ महानगरमध्ये विरगञ्जमा जनता समाजवादी पार्टी (जसपा), भरतपुरमा नेपा माओवादी केन्द्र बिराटनगर र ललितपुरमा नेपाली काँग्रेस तथा काठमाडौं र पोखरामा नेकपा एमालेले जितेको थियो ।
एमाले बाहेकको अहिलेको सत्ता गठबन्धमा जसपाले विरगञ्ज, माओवादीले भरतपुर तथा काग्रेसले बिराटनगर र ललितपुरमाको मेयरमा आफ्नो उम्मेदवार खडा गर्ने छ ।
एमालेले जितेको पोखरा र काठमाडौंमा भने एमाले विधाजन गरी बनेको नेकपा एकिकृत समाजवादीले दावी गरेको छ ।
एकिकृत समाजवादीले दुई महानगरमा दावी गरेपनी उसलाई पोखरा दिएर काठमाडौंमा आफ्नो उम्मेदवार खडा गर्ने कााग्रेसको दाउं छ ।
ति महानगर लगायत देशका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुमा समेत गठबन्धन हुने भनिएपनी त्यसबारे हालसम्म निर्णय भएको छैन् ।
सैद्धान्तिक सहमती भईसकेको महानगरहरुको वडाहरुमा भने आवश्यक्ताका आधारमा मात्रै तालमेल हुने बताईएको छ ।
मुख्य रुपमा विरगञ्ज महानगरपालिकाका वडाहरुमा तालमेल हुने अवस्था देखिएको छैन् । विरगञ्जका जसपाका एक स्थानिय नेताका अनुसार वडाहरुमा तालमेलको सम्भावना कम छ ।
स्थानिय निर्वाचन स्थानिय मुद्दा र विषयबस्तुको आधारमा हुने भएकोले स्थानिय नेताहरुलाई मेयर, प्रदेश सांसद तथा संघीय सांसदहरु जस्तै गठबन्धमा बाधिनु सम्भव नभएको ति नेताले बताए ।
वडाहरुमा पहिला जितेका वडाध्यक्ष मात्रै उक्त पार्टीको उम्मेदवार हुने हल्ला चलेपनी त्यसमा सत्यता नभएको उनले बताए ।
पार्टीले समेत वडाहरुमा तालमेल गर्ने की नगर्ने निर्णय गर्ने जिम्मा पार्टीको स्थानिय संगठनलाई दिएको हुनाले मेयर–उपमेयरमा मात्रै तालमेल भई बाँकी सबै वडाहरुमा सबै दलले आफ्नो उम्मेदवार उतार्नसक्ने उनले बताएका छन् ।