नेकपा एमालेका युवा नेता तथा पार्टी समर्थित संस्था आईटी आर्मीका प्रमुख चन्द्रभुषण साह (सिबि साह) स्थानिय निकाय निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
विद्यार्थी जिवनबाट कम्युनिष्ट आन्दोलनमा सक्रिय रही मुल राजनीतिमा प्रवेश गरेका साह आउँदो बैशाख ३० गते हुने स्थानिय निकाय निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
नेपालिपब्लिकसंग कुरा गर्दै साहले आफु सर्लाहीको ईश्वरपुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री भएको बेला तत्कालीन सहरी विकास मन्त्री प्रभु साहको राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरिसकेका साह पहिलो पटक चुनावी राजनितिमा होमिएका हुन् ।
नयाँ सोच र युवा जोशका साथ पारदर्शिता, सुशासन, बदलाव, विकास र समृद्धिका लागी महत्वपूर्ण लडाई लड्ने उदघोषका साँथ नागरिकको आवाज बुलन्द गर्दै सेवा गर्ने उनले बताए ।
सर्लाहीको ईश्वरपुर–२, राईटरखोर निवासी साह नगरवासी, पार्टीका नेता–कार्यकर्ता तथा साथीभाइहरुको अनुरोध तथा सल्लाहबाट नगर प्रमुख (मेयर) पदका लागी उम्मेदवार दिने उनले बताएका छन् ।
स्थानीय जनताको सुखदुखमा जहिलेपनि अग्रपंतीमा रहने साह त्यस क्षेत्रका चिनिएका नाम हुन् । ईश्वपुर नगर क्षेत्रमा मजबूत पकड बनाएका उनी त्यहाँको आशा एवं भरोसायोग्य युवा नेताको रुपमा स्थापित छन् ।