काठमाडौँको टुँडिखेलमा आउँदो शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ ।
आयोजक संस्था डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने बताइएको छ ।
खुल्ला प्रतियोगीता मध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागीता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले जानकारी दिए ।
महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिने ढुंगानाले जानकारी दिए । त्यस्तै, द्वितीय, तृतिय र सान्त्वना हुने समूहले क्रमश ३ लाख, २ लाख र १ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडका निर्देशक श्याम धितालले नेपाली लोक गीत संगीतको जगेर्ना गर्ने उदेश्यका साथ महोत्सव आयोजना गरिएको बताउँदै दर्शकहरुलाई प्रवेश निस्शुल्क गरिएको जानकारी दिए ।