कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।
कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् ।
घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।
कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले घाइतेहरुको अवस्था गम्भीर रहेको र विस्फोटका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा केही पत्ता लागेको छैन । मन्त्री मुइयाले शान्तपूर्वक बस्न नागरिकलाई आग्रह गरेका छन् ।