आसन्न स्थानिय निकाय निर्वाचनमा विरगञ्ज महानगरपालिकाबाट जनता समाजवादी पार्टी (जसपा) का मेयर उम्मेदवार राजेशमा सिंह नै भएको प्रतिनिधिसभा सांसद प्रदिप यादवले बताएका छन् ।
पार्टीको केन्द्रिय कार्यकारिणीमा सिंहको नाम फाईनल भईसकेको र सोको जानकारी केहिदिनमै सार्वजनिक गरिने सांसद यादवले बताए ।
केहिदिनदेखी स्थानिय केही सञ्चारमाध्यमहरुले सिंहको उम्मेदवारी तयनभईसकेको गलत खबर प्रवाह गरेकोप्रती ईंगित गर्दै सांसद यादवले तथ्यहिन खबरको पछाडी नपर्न नागरिकलाई आग्रह गरेका छन् ।
‘केन्द्रय अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईले सिंहको नाममा मोहर लागाईसकेका छन्’, सांसद यादवले नेपालिपब्लिकलाई भने– ‘बिरोधीहरुको झुठो अफ्वाहको पछाडी पर्नुको औचित्य छैन् ।’
केन्द्रमा रहेको ५ दलिय गठबन्धनबिच महानगरहरुमा गठबन्धन गर्ने सहमती ईसकेको र विरगञ्जको मेयर पद जसपाको कोटामा परेकोले गठबन्धनको साझा उम्मेदवारको रुपमा राजेशमानले चुनाव लड्ने सांसद यादवले जनाए ।
‘हाम्रो एक मात्रै उम्मेदवार राजेशमान हुन’, सांसद यादवले भने– ‘पार्टीको विरगञ्ज महानगर कमिटिले समेत सिंहको एकल नाम सिफारिस गर्नेछ ।’
पार्टीकै केहिनेताहरुले आफु उम्मेदवार हुने सार्वजनिक रुपमा भनिआएकाछन नि त ? भन्ने प्रश्नमा सांसद यादवले मेयर पदबारे पार्टीले आन्तरिक निर्णय गरिसकेको र सिंहनै उम्मेदवार हुने पक्का भएको खण्डमा अरुले भ्रामक प्रचारबाजी गर्नुको अर्थ नभएको बताए ।