सरकारले नेपाल–भारतमैत्री पशुपति धर्मशालामा बतास समूहले चलाएको होटल आनन्दमा ताला लगाएको छ ।
शुक्रबार पशुपति क्षेत्र विकास कोषले खाली गर्न भन्दै उक्त होटलको गेटमा ताला लगाएको हो ।
चैत्र १७ गते बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय कोषले गरेको थियो । कोषले गेटमै सूचना पनि टाँसेको छ ।