जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको राजनीतिक सुझबुझका कारण जसपाले केन्द्रदेखि प्रदेशसम्मको सत्तामा पकड जमाएको छ ।
हालै संघीय सरकारले सिफारिस गरेको २० राजदुतहरुमध्ये जसपाको भागमा २ जना राजदुतहरु परेका छन् । अध्यक्ष यादवकै जिम्मेवार राजनीतीका कारण डा.रामसुरत राय डेनमार्क तथा नवराज सुवेदी साउदी अरेबियाको राजदुतमा सिफारिस भएका छन् ।
पाँच दलीय गठबन्धनको मुख्य घटकको रुपमा स्थापित भएको जसपा यसअघि प्रदेश १ तथा लुम्बिनी प्रदेशमा सरकारमा समेत सहभागिता जनाइसकेको छ ।
संघीयता, समावेशीता र पहिचानलाई आधार मानेर स्थापना भएको जसपाका अध्यक्ष यादवले पार्टी, देश र मधेषलाई अगाडी बढाउन सकृय रहेका छन् ।
पार्टीले उठाएका मुद्दाहरुमा अडिग रहेर संयमित तथा परिणाममुखी रणनीती तय गर्न सिपालु अध्यक्ष यादवकै सकृयतामा मधेसी, आदिवासी–जनजातिहरुको अधिकारका सवाल सम्बोधन गर्न केन्द्र सरकार दवावमा छ ।
जन्मसिद्धका सन्तानले नागरिकता पाउनुपर्ने र पहिचानको आधारमा राज्यको संरचना हुनुपर्नेमा यादवको जोड छ । यादवकै पहलमा नागरिकता विधेयक संसदमा छलफलको क्रममा रहेको छ भने मधेसका जिल्लाहरुमा विकासको कार्य तिव्रगतिमा बढेको छ।
आरक्षण लागू भइसकेको छ, त्यसको फाइदा आम मधेसी, आदिवसी–जनजाती, पिछडावर्ग, महिला, मुस्लिमले लिइरहेका छन् । राज्यसत्तामा ती समुदायको पहुच सुनिश्चित भएको छन् भने प्रदेशहरुले समेत संघीयताको मर्म बमोजिम अधिकार पाउनेक्रममा छन् ।
जसपाले उठाएका अन्य मुद्दाहरुको कार्यान्वयनका लागि समेत अध्यक्ष यादव प्रयासरत रहेको देखिन्छ ।