नेपाली काँग्रेसका महामन्त्री तथा घोषणापत्र मस्यौदा समितिका संयोजक गगन थापाले देशको शैक्षिक क्षेत्रमा आमुल परिवर्तनका लागि पार्टीको संकल्पपत्रमा आवश्यक योजनाहरु ल्याउने बताएका छन् ।
नेपालमा सरकारी शिक्षाको स्तर घट्दो क्रममा रहेको भन्दै महामन्त्री थापाले त्यसको समाधानका लागि आवश्यक योजनाहरु काँग्रेसको संकल्पित्रमा समावेश गर्ने बताएका हुन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नामक संस्थाले आईतवार काठमाडौंमा आयोजना गरेको ‘राजनितिक दलको घोषणापत्रमा शिक्षा’ विषयक संवाद कार्यक्रममा बोल्दै महानन्त्री थापाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै थापाले दलहरुको घोषणापत्रमा उल्लेख गरिए अनुसारको काम नभएको स्विकार्दै अहिले काँग्रेसले बनाउन लागेको संकल्पपत्रलाई काँग्रेस सत्तामा आउने तिनै सरकारमा लागु गर्ने बताए ।
उनले सरकारले शिक्षा क्षेत्रमा छुट्टाएको बजेटलाई परिमार्जन गर्दै शिक्षा क्षेत्रलाई सेवा वा व्यवसाय मध्ये एक को रुपमा अगाडी बढाईने बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य बाबुराम थापाले शिक्षा क्षेत्रको बिकाशका लागि सबै राजनितिक दलहरुले साझा धारणा बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता डिल्लीराम आचार्य, जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य नवराज सुवेदी, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामांग लगायत विभिन्न रिकारी तथा गैरसरकारी क्षेत्रका सहभागिहरुले सुझाव दिएका थिए ।