लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अध्यक्ष महन्थ ठाकुरले चैत्र २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरुको नाम सिफारिस गर्न पार्टीको स्थानिय संयन्त्रलाई निर्देशन दिएका छन् ।
बैशाख ३० गने हुनलागेको स्थानिय निकाय निर्वाचनको तयारीमा रहेको लोसपाले तोकिएकै मितिमा उम्मेदवारहरुको सिफारिस गर्न केन्द्रिय नेतृत्वले आग्रह गरेको हो ।
लोसपाले यसअघी देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरिसकेको छ भने सबै जिल्लहरुमा पार्टी सुपरिक्षकहरु खटाएको छ ।
केन्द्रिय नेतृत्वको काठमाडौंमा भएको बैठकले चैत्र २९ गतेभित्र सकेसम्म सर्वसम्मत सबै तहका उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको हो । सर्वसम्मत नभएको उम्मेदवारहरुको टुंगो पार्टीको माथिल्लो निकायले लगाउने जनाईको छ ।