नेपाली काँग्रेस पचरौता नगर कमिटि (बारा) ले स्थानिय निकाय निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाहेकका दलहरुसंग मात्रै गठबन्धन गर्ने निर्णय गरेको छ ।
आज (मंगलवार) काँग्रेस पचरौचा नगर कमिटिको बैठकले उक्त निर्णय गरेको नगर अध्यक्ष गोवारी यादवले जनाएका छन् ।
काँग्रेस केन्द्र प्रदेश तथा जिल्ला समितिले पचरौता नगरपालिकामा गठबन्धनकोलागी माग गरेको विश्लेषनात्मक तथ्यांक तथा रायको जवाफ पठाउँदै नगर कमिटिले निर्वाचनमा जसपा बाहेका गठबन्धनका दलहरुसंग मात्रै गठबन्धन गर्न सकिने जवाफ पठाएको हो ।
निर्णयको प्रतिलिपी पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला समितिलाई पठाईएको नगर अध्यक्ष यादवले जनाए ।