जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको बा१७च १०९४ नम्बरको जीप बुधबार मानेभञ्ज्याङ गाउँपालिका–६ भँडारे खोला नजिकै जीप दुर्घटना भएको हो ।
मृत्यु हुने दुबै जना प्रहरी रहेको पुष्टि भएको छ । दुर्घटनामा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाँं रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए ।
अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ ।
दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश नं १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको जनाइएको छ ।