तुलसीपुर उपमहानगरपालिका–१ को वडाध्यक्षमा युवा नेता आकाश भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । उनले नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका हुन् ।
२५ वर्षीय भण्डारीले शिक्षा, स्वास्थ्यसँगै वडाको चौतर्फी विकासलाई आफ्नो एजेण्डा बनाएका छन् ।
नेपाल विद्यार्थी संघ ज्ञानदिप कलेजका पुर्व स्ववियु सभापतिसमेत रहेका भण्डारी स्नातकोत्तर अध्ययन गरिरहेका छन् ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका १ नम्बर वडा समितिले सम्भावित ८ जना उम्मेदवारको नाम सफारिस गरेको छ । समितिले अध्यक्षको उम्मेदवारका लागि भण्डारीसँगै लोकराज भुषाल, फल्कुदत्त भण्डारी, चुडामणी ढकाल, रेशम राणा, हरि भट्टराई, मनिराम भण्डारी र शोभाकर सापकोटा र निर्मल कुमार आचार्यको नाम सिफारिस गरेको छ ।