बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनकालागी जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले बाराको कलैया उपमहानगरपालिकाको प्रमुख पदका लागी तिनजना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
जसपा कलैया उपमहानगर कमिटिको आज सम्पन्न बैठकले नगर प्रमुखमा ३ जना तथा उपप्रमुखमा ४ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले प्रमुख (मेयर) पदका लागी संबिधानसभा सदस्य तथा जसपा केन्द्रिय सदस्य प्रमोद प्रसाद गुप्ता, नेताहरु धमेन्द्र यादव र सुनिल दासको नाम सिफारिस गरेको जसपा नगर अध्यक्ष शिवनाथ पटेलले जनाए ।
त्यस्तै उपप्रमुख (उपमेयर) पदका लागी उमरावती यादव, लक्ष्मी पटेल, प्रकाश चौगाई तथा शंकर यादवको नाम सिफारिस गरेको पटेलले बताएका छन् ।
कलैया उपमहानगरपालिकामा पाँच दलिय गठबन्धन मध्ये जसपा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी बिच मात्रै गठबन्धन गर्ने तिनै दलले यसअघी निर्णय गरिसकेको अवस्थामा पछी गठबन्धनको मर्म अनुसार सिट बाँडफाड गरिने बताईएको छ ।
यसअघी भएको तिन दलको बैठकमा जसपालाई मेयर पद दिने आन्तरिक सहमती भईसकेको बुझिएको छ ।
आज जसपाले मेयर पदमा ३ जनाको नाम माथिल्लो तहमा सिफारिस गरेपनी संबिधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता नै उम्मेदवार हुने पक्कापक्कि रहेको जसपाकै नेताहरुले बताएका छन् ।
यसअघी २०७४ मा भएको स्थानिय निर्वाचनमा कलैया उपमहानगरपालिकाको मेयर पदमा लडेका गुप्ताले ९ हजार ४ सय ४ मत ल्याई तेश्रो भएका थिए । उनि काँग्रेका उम्मेदवारसंग जम्मा १५ सय मतले पराजित भएका थिए ।
कलैयामा तिन दलले मात्रै गठबन्धन गरेपछी आगामी निर्वाचनमा पुनः नेपाली काँग्रेस, नेकपा एमाले तथा तिनदलिय गठबन्धनबिच भिडन्त हुनेछ । जानकारहरुका अनुसार तिनदलिय गठबन्धन कााग्रेस, एमालेमाथी भारी हुने देखिन्छ ।