सरकारले गरेको निलम्बनको निर्णयविरूद्ध नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
उनले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै दिएको रिट मंगलबार दर्ता भएको हो । दर्तासँगै अधिकारीको रिटका लागि सर्वोच्चले मंगलबारका लागि पेसी तोकेको छ ।
आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरु राखेको भन्दै सो प्रक्रिया नै खारेजीको माग रिटमा गरिएको छ ।
सरकारले उनलाई चैत २५ गते गभर्नर पदबाट निलम्बन गरेको थियो ।