सतारुढ ५ दलिय गठबन्धनबिच स्थानिय निकाय निर्वाचनका लागि गठबन्धनका मोडालिटिबारे अन्तिम छलफल बालुवाटारमा जारी छ ।
हिजो अबेर राति गठबन्धनको कार्यदलले दिएको सुझावबारे छलफल केन्द्रित छ । छलफलमा मुख्य रुपमा मधेस प्रदेशको एक मात्र महानगर र कलैया उपमहानगरपालिका तथा जनकपुरधाम उपमहानगरपालिका बारे सबैको नजर खिंचेको छ ।
प्राप्त जानकारी अनुसार काँग्रेसले विरगञ्ज महानगर र कलैया उपमहानगरपालिका जनता समाजवादी पार्टी, नेपाल (जसपा) लाई दिएर जनकपुर उपमहानगरपालिकामा आफ्नो उम्मेदवार खडा गर्ने तयारी गरेको छ ।
विरगञ्जमा यसअघीपनी जसपा विजयी भएको हुनाले त्यहाँ स्वभाविक रुपमा उसको दावी रहेको छ । तर, जनकपुर र कलैयाको सवालमा दुबै दलले मेयर पद साटासाट गर्ने तयारी गरेको बुझिएको छ ।
यस कारण कलैयासंग जनकपुर साट्दै काँग्रेस
नेपाली काँग्रेसको १४ औ जिल्ला अधिवेशनबाट राजेशराय यादव जिल्ला सभापतीमा निर्वाचित भएका छन् । उनि कलैया उपमहानगरपालिकाका मेयर समेत हुन् ।
अधिवेशनदेखिनै काँग्रेस बारामा व्याप्त आन्तरिक कहल अहिले सतहिमा पुगेको छ । सभापतीमा यादव जितेपनी बाँकी ६ वटै पदाधिकारी उनका प्रतिद्वन्दी प्यानलका उम्मेदवारहरुले जितेका छन् ।
आईतवार मात्रै यादवले एकलौटी रुपमा बैठक नै नबसाली पत्रहरु प्रेषित गरेको भन्दै ति ६ जना पदाधिकरिहरुले उनको बिरोधमा संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
यसअघी २०७४ मा भएको स्थानिय निकाय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसंग जम्मा १ सय ८७ मतको अन्तरले विजयी भएका यादवलाई उनका प्रतिद्वन्दी टिमबाट अन्तर्घात हुँदा उनको जित्ने सम्भावना न्युन छ ।
यता कलैयामा माओवादी केन्द्र, जसपा र नेकपा एसले बैग्लै तिनदलिय गठबन्धन बनाएपछी उनको विजय हुने सम्भावनामा झन पर्खाल खडा हुने देखिन्छ । जसपा उम्मेदवार प्रमोद प्रसाद गुप्ता यसअघी यादवसंग १५ सय मतले मात्रै पछाडी रहेका थिए ।
अर्को कुरा, यादवले जिल्ला अधिवेशनमा आफुलाई समर्थन गरेका अर्का सभापती पदका उम्मेदवार रामानन्द यादवसंग रामानन्दलाई कलैयाको मेयरको एकल उम्मेदवार बनाउने लिखित सम्झौता काँग्रेसकै केन्द्रिय नेताहरुको रोहबरमा गरेका छन् । तर अहिले आएर आफुनै उम्मेदवार हुने स्वघोषणा गरिरहँदा सम्झौताका रोहवर बसेका केन्द्रिय नेता समेत आक्रोशित भएका छन् ।
यसरी विवादै–विवादमा रहेका जिल्ला सभापती तथा कलैयाका वर्तमान मेयर राजेशराय यादवको जित्ने सम्भवाना कम रहेको तथा उनको उम्मेदवारी नपरे पार्टीको आन्तरिक कलह समेत साम्य हुने निचोडका साँथ काँग्रेसले कलैया उपमहानगरपालिकाको मेयर जसपालाई दिने र त्यसको सट्टा काँग्रेसका ठुला नेता बिमलेन्द्र निधिको क्षेत्र तथा मधेस प्रदेशकै राजधानी रहेको जनकपुरधाममा आफ्नो उम्मेदवार खडा गर्नेे दाउं काँग्रेसको रहेको बुझिएको छ ।
यता यसअघी तत्कालिन राजपाबाट निर्वाचित भई हाल जसपामा रहेका जनकपुरका मेयर लालकिशोर साहको ५ वर्षे कार्यकाल उत्साहपुर्ण नरहेको र २०७४ सालझैको जनमत नदेखिएको निचोडका साँथ जसपाले समेत काँग्रेसलाई जनकपुर दिने निर्णय गरेको बुझिएको छ ।
साहलाई प्रदेशसभामा स्थान दिएर त्यहाँ उपमेयर तथा अधिक्तम वडाध्यक्ष आफसंग राख्ने योजना समेत जसपाको रहेको बुझिएको छ ।