२०६४ सालदेखी मधेस आन्दोलनमा सक्रिय रहेर मधेसवादी पार्टीहरुमा आएको विचलनको कारण जनमत पार्टीमा प्रवेश गरेका एक युवा पालिका अध्यक्षको उम्मेदवार भएका छन् ।
बाराको आदर्शकोतवाल गाउँपालिकाबाट जनमत पार्टीको टिकटमा मधेस आन्दोलनका सक्रिय युवा विजय गुप्ता उम्मेदवार बनाईएका हुन् ।
समाज सेवाको भावनाले राजनिती र दैनिक जीवन धान्न व्यपार गर्नुपर्ने विचार राख्ने गुप्ताले नेपालमा राजनितीलाई नै व्यवसाय बनाउनु दुःखद विषय भएको बताएका छन् ।
मधेस आन्दोलनताका बारा जिल्लामा उत्पादन भएका हजारौँ यूवा विधार्र्थी नेताहरुलाई अवसर बाट बञ्चित गरेर हालको जसपा र लोसपा भनाउँदा पार्टीहरुले मधेसमा जातिवाद र परिवारवाद लाद्न खोजेको भन्दै जनमत पार्टीमा लागेका गुप्ता स्थानिय निकाय निर्वाचनमा सोही पार्टीबाट उम्मेदवार बनाईएका हुन् ।
राजनितिशास्त्रमा स्नातकोत्तर गरिरहेका ३२ वर्षिय गुप्ता समाजिक क्षेत्रमा सक्रिय रहेका छन् । गाउँघरका समस्याहरुलाई सुल्झाउन सदैव तत्पर रहने उनलाई बारा जिल्लामा नचिन्ने कमै होलान ।
मधेसी जनअधिकार फोरम, नेपालबाट राजनितिमा प्रवेश गरेका गुप्ता हाल जनमत पार्टी बाराका सचिव छन् ।
विगतमा क्रान्तिकारी युवाको रुपमा पहिचान बनाएका उनी शिक्षा क्षेत्रमा समेत काम गरेका व्यक्ति हुन् ।
२०७१ सालमा सदरमुकाम कलैयापछी पहिलो पटक दुररदारज गाउँ (हर्नैया चौक) मा आईएमई खोलेर सेवा प्रदानगरी प्रख्यात भएका गुप्तालाई स्थानियले समेत माया गरेका छन् ।
आदर्शकोतवाल गाउँपालिकाबाट सबैभन्दा युवा उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरिरहेका गुप्ता आफ्नो जितमा निश्चिन्त रहेको बताएका छन् ।