प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेकोले चनाखो हुनुपर्ने बताएका छन् ।
कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेपाल विद्यार्थी संघको कार्यक्रममा सत्तारुढ गठबन्धन कायम राख्दै निर्वाचनसम्मै लैजानुपर्नेमा जोड दिए ।
उनले कुनै हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको स्पष्ट पारे । उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । एउटासँग गठबन्धन गर्नैपर्ने छ । गठबन्धन भएपछि गिभ एण्ड टेक हुन्छ । सबै तपाईंलाई दिन गठबन्धन गरेका होइनन् ।’