नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको घोषणापत्र सार्वजनिक गरे ।
घोषणापत्रमा प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउनेदेखि घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ गर्नेलगायतका योजना समेटिएका छन् ।
त्यस्तै, घोषणापत्रमा जनताको अधिकार, निःशुल्क स्वास्थ्योपचार, निःशुल्क खानेपानीःसुखी जिन्दगी, ‘एक घर एक धारा’, हरेक वार्डमा खेल मैदान, हरेक पालिकामा पुस्तकालय बनाउने, प्रत्येक घर घरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने, भ्रष्टाचार निर्मुल पार्नेलगायतका कार्यक्रम समावेश छन् ।
सार्वजनिक घोषणापत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः