सत्तारुढ ५ दलिय गठबन्धनबिच ६ महानगर र ११ उपमहानगरपालिकाहरुको भागबण्डा अन्तिम रुपमा पुगेको बेला बाराको कलैया उपमहानगरपालिकामा काँग्रेसभित्रै मेयर उम्मेदवार बन्नेबारे विवाद शुरु भएको छ ।
गठबन्धनबिचको ‘मोटामोटी’ सम्झौता अनुसार कलैयाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) को उम्मेदवार हुनेछन् ।
केन्द्र सम्झौता गरिरहँदा मेयर बन्न काँग्रेस बाराका नवनिर्वाचित सभापती तथा कलैया उपमहानगरपालिकाका वर्तमान मेयर राजेशराय यादवले पुनः दावी गरेका छन् ।
यसअघी फागुन २३ गते सम्पन्न काँग्रेस बाराको जिल्ला अधिवेशनमा उनलाई समर्थन गरी सभापतिमा जिताएका रामानन्द यादवलाई मेयरको एकमात्र उम्मेदवारको रुपमा सिफारिस गर्ने लिखित सम्झौता गरिसकेका राजेशरायले पुनः आफ्नै नाम अगाडी सार्दा विवाद सिर्जना भएको छ ।
काँग्रेसका केन्द्रिय नेताहरुको रोहबरमा भएको दुईपक्षबिचको १० बुंदे लिखित सम्झौताको पहिलो बुंदामै ‘आउंदो स्थानिय तहको निर्वाचनमा बारा जिल्ला कलैया उपमहानगरपालिकाको मेयर पदको टिकटको लागी राजेशराय यादवको हकमा सिफारिस नगरी रामानन्द प्रसाद यादवको नाम एकल सिफारिस गर्नुपर्ने’ उल्लेख छ ।
स्वयम राजेशराय र उनका बुवा (पुर्व सांसद, पुर्व काँग्रेस बाराका सभापती) ले हस्ताक्षर गरेको उक्त सम्झौता विपरित उनले आफ्नै नाम अगाडी सार्दा रामानन्द पक्ष आक्रोशित भएको छ ।
मेयर पदका दावेदार रामानन्दले सभापती यादवले सम्झौता कार्वन्वयनको दिशामा अगाडी नबढेको र पार्टीको बैठकबाट भागिरहेको आरोप लगाएका छन् ।
नेपालिपब्लिकसंग कुरा गर्दै उनले केन्द्रिय नेताहरुको उपस्थितिमा गरेको सम्झौता पालना गर्नुपर्ने बताएका छन् ।
‘अधिवेशनको बेला गरिएको सम्झौता अनुसार कलैयाको मेयरमा मलाई एकल सिफारिस गरेर उम्मेदवार बनाईनुपर्छ’ उनले भने– ‘सम्झौता कार्वन्वयन नभए हामि राजेशजीलाई मेयरको उम्मेदवार मान्न बाध्य छैनौ ।’
‘जबसम्म साँस तबसम्म आशा’ भनेझौ आफु बैशाख १२ गतेसम्मको दिन पर्खिरहेको बताउँदै उनले त्यसपछीको रणनिती आफुले बनाउने बताए ।
गठबन्धनबाट समेत काँग्रेसले कलैयाको मेयर पदको उम्मेदवार बनाउने निश्चित भईसकेको अवस्थामा पार्टीको बैठक नै नबसाई भाग्नु र सम्झौता बमोजिमको व्यवहार नदेखाउनु शंकापुर्ण रहेको भन्दै उनले यस्तो भएको अवस्थाका काँग्रेसले कलैयामा ठुलो क्षती व्यवहोनुपर्ने बताएका छन् ।