सत्तारुढ ५ दलिय गठबन्धनले मधेस प्रदेशको एकमात्र विरगञ्ज महानगरपालिकामा गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेसंगै आज नेकपा एमाले र लोकतान्त्रीक समाजवादी पार्टी, नेपाल (लोसपा) बिच पनि तालमेल गरेर चुनाव लड्ने निर्णय भएको छ ।
आज (विहिवार) विरगञ्जमा आयोजित एक कार्यक्रमकाबिच दुई दलबिच तालमेल गरेर चुनाव लड्ने सहमती भएको हो ।
सहमती अनुसार मेयरमा एमालेका विजय कुमार सरावगी तथा उपमेयरमा लोसपाका पुरुषोत्तमलाल झाले उम्मेदवारी दिने छन् । दुईदलबिचको बैठकले विरगञ्जका सबै वडाहरुमा समेत ठबन्धन गरेर चुनाव सहमति भएको छ ।
समृद्ध विरगञ्जको सपनालाई साकार पार्न र विरगञ्जवासीको हित, प्रगति, पुर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्न उद्देश्यले गठबन्धन गरिएको दुवै पार्टीको भनाई छ ।
तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।
एमाले मधेस प्रदेश अध्यक्ष रघुबिर महासेठ तथा लोसपा कार्यकारिणी सदस्य लक्षमणलाल कर्णको उपस्थितिमा भएको सम्झौतामा दुई दल मिलेर ५ दलिय गठबन्धनलाई परास्त पार्ने उदघोष गरिएका थियो ।