सत्तारुढ ५ दलिय गठबन्धनबिच महानगर र उपमहानगरको भागवण्डा मिलिसकेपछी सबैभन्दा बठी भाग लिएको नेपाली कााग्रेसले आन्तरिक भागवण्डा मिलाउन बैठक डाकेको छ ।
प्रधानमन्त्री तथा काँग्रेस सभापती शेरबहादुर देउवाले आज (बिहीवार) बालुवाटारमा दिउँसो ३ बजेका लागी बैठक बोलाएका छन् ।
सभापति देउवाले उम्मेदवारहरुको आनतरिक भागवण्डा मिलाउन काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका हुन् ।
कााग्रेस श्रोतका अनुसार बैठकमा काँग्रेसका संस्थापन इतर पक्षका नेता डा.शशांक कोइरालाका, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएकोे छ ।
त्यसैगरी बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई समेत बोलाइएको जनाईएको छ ।
काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ ।
तर ति सबै उम्मेदवार केन्द्रबाटैतोक्ने र त्यसमा पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन बैठक बोलाएको बुझिएको छ ।