शुक्लाफाटा नगरपालिकाको मेयरका लागि एमाले कञ्चनपुरले रमेश भट्टसहित २ जनाको नाम सिफारिस गरेको छ ।
एमाले कञ्चनपुरले रमेश भट्ट र रणबहादुर महरको नाम मेयरका लागि प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
सिफारिस मध्ये मेयरमा रमेश भट्टको सम्भावना बढी रहेको छ । स्थानीयमाझ घुलमिल भएका, युवा जोस र जाँगर, स्नातकोत्तरमा टपर, सबैलाई मिलाएर लिने क्षमता भट्टमा भएका कारण मेयरको टिकट उनले पाउने आकलन गरिएको छ ।
यसअघि शुक्लाफाटा नगर कमिटीले भट्ट र महरासहित भूपेन्द्र साउँद, विष्णुदत्त जोशी, ज्ञानेन्द्र प्रसाद जोशी, टेक बहादुर हमाल र प्रेमराज भट्टको नाम जिल्ला कमिटीमा सिाफरिस गरेको थियो ।
त्यस्तै, उपमेयरका लागि चाँदनी धामी, मोनिका भट्ट, ईश्वरा कुँवरको नाम प्रदेशमा पठाइएको छ ।