ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
विष्फोटमा घाइतेपछि पाटन अस्पतालमा उपचारका एकजनाको मृत्यु भएसँगै मृतक संख्या २ पुगेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उपचारको क्रममा भारत घर भइ हाल ललितपुर–१८ बस्दै आएका २५ वर्षीय राजुकमार महतोको मृत्यु भएको हो ।
विष्फोट हुँदा भारतको पश्चिम चम्पारमका ४५ वर्षीया बृजकुमार महतोको घटनास्थलमै मृत्यु भएको थियो ।
बिहीबार बिहान ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विष्फोट भएको थियो ।
घटनामा घाइते ६ जना डिस्चार्ज भइसकेका छन् ।
दुई दर्जनभन्दा बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले ठूलो दुर्घटना नभएको र विष्फोटनले उद्योगमा क्षति पुगेको छ ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन् ।