स्थानिय निकाय निर्वाचनमा गठबन्धन गरेका पाँच दलले देशका देशका सातवटै प्रदेशका मुख्य शहरमाहरुमा संयुक्त चुनावी सभा गर्ने भएका छन् ।
चुनावी तयारी तथा अनुगमन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेका बैठकले सो निर्णय गरेको जनाईएको छ ।
वैशाख १८ देखि २३ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय भएको समितिका सदस्य सचिव केशवराज जोशीले जनाएका छन् ।
निर्वाचनको मिति नजिकिदैं जाँदा समेत भागवण्डामै समय बिताएका सत्तारुढ गठबन्धनका नेताहरुले चुनावी सभा गर्न लागेका हुन् ।
चुनावी सभालाई गठबन्धनका पाँचवटै दलका शिर्ष नेता तथा संयोजक गरी ६ जनाले सम्बोधन गर्ने जनाईएको छ ।
त्यस्तै, समितिको बैठकले निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित बनाउनका थप व्यवस्थित भएर लाग्ने निर्णय पनि गरेको छ ।