सर्लाहीको ईश्यरपुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट ५ जनाको नाम सिफारिस गरिएको छ ।
स्थानिय नेताहरुबिच समझदारी हुन नसकेपछी पार्टीका लोकप्रिय नेता चन्द्रभुषण साह सहित ५ जनाको नाम माथिल्लो कमिटिमा सिफारिस गरिएको जनाईएको छ ।
एमाले ईश्वरपुर नगर कमिटीको बैठकले मेयर पदमा कुनै एक जनाको नाममा सर्वसहमति जुटाउन नसकेपछि आकांक्षी उम्मेदवारहरुको बीच न्युनतम चुनावी प्रतिबद्धता सहित चन्द्र भुषण साह, मनोज कुमार देवकोटा, दिल बहादुर थिंग, सन्तोष आचार्य र सुशील कुमार थपलिया गरी ५ जनाको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको हो ।
सर्लाहीको निर्वाचन क्षेत्र नंबर १ मा पर्ने ईश्वरपुर राजनीतिक, सामाजिक एवं भौगोलिक हिसाबले तुलनात्मक रुपमा विशिष्ट मानिन्छ ।
आफ्नै पार्टीभित्रको असमझदारी एवं अन्तरघातका कारण त्यहाँ कम्युनिष्ट पार्टीहरुले हार व्यवहोर्दै आएका छन् । कम्युनिष्ट आन्दोलनको आधार ईलाका मानिने भएपनी उक्त निर्वाचन क्षेत्रबाट गत निर्वाचनमा मधेशी गठबन्धनको उम्मेदवारले विजय हासिल गरेको थियो ।
ईश्वरपुरमा नेकपा एमालेबाट मेयर पदका प्रभावशाली दावेदार उम्मेदवारीको रुपमा रहेका ७२ वर्षीय दिल बहादुर थिंगले लोकप्रिय युवा नेता चन्द्रभुषण साहलाई समर्थन गरेका छन् । थिंगको समर्थनसंगै साह नै उम्मेदवार हुन्ने सम्भावना बढि रहेको छ ।
स्थानीय जनताका बीच चर्चित र लोकप्रिय नेताका रुपमा चिनिएका साह युवा फेर भएका कारणपनी उनलाई जनताको समर्थन प्राप्त हुने जनाईएको छ ।
सक्रिय विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका साहको एक दशक भन्दा लामो अनवरत राजनीतिक यात्रा सफल रहेको देखिन्छ । यसअघि सहरी विकास मन्त्री प्रभु साहको राजनीतिक सल्लाहकारको रुपमा भूमिका निर्वाह गरिसकेका साह एमाले निकट आईटी आर्मीको केन्द्रीय अध्यक्ष समेत हुन् ।