समाजसेवी शेखर अग्रवाल राजनीतिमा पनि सक्रिय हुने भएका छन् ।
लामो समयदेखि समाज सेवामा सक्रिय अब राजनीतिमा पनि सक्रिय हुने भएका हुन् ।
उनले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट वीरगञ्ज उपमहानगरपालिका–१० को वडा सदस्यमा उम्मेदवारी दिने जानकारी दिए ।
उनले भने, ‘लामो समयदेखि सामाजिक कार्य गर्दै आएको छु । अब राजनीतिकमार्फत थप समाज सेवा गर्न चाहन्छु । राजनीतिमा सक्रिय भएपछि समाज सेवासँगै समाज विकासमा पनि लाग्छु ।’
उनले वडाको समग्र विकास आफ्नो प्रमुख एजेण्डा रहेको बताए ।