नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयर उम्मेद्वारमा चार जनाको नाम सिफारिस गरेको छ ।
कलैयाको मेयर उम्मेद्वारका लागि जिल्ला अध्यक्ष विनोद साह, कलैया नगरपालिकाका पूर्व मेयर रबिन्द्र दास श्रेष्ठ, प्रदेशसभाका पुर्व प्रत्यसी कलामोदिन अन्सारी (मदनी) र भगवती दुलालको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला सदस्य पुरुषोत्तम साहले जनाएका छन् ।
त्यस्तै कलैया उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वारमा रौशन प्रविन, समिउल्लाह ठकुराई, सायमा खातुन र प्रतिमा यादवको नाम प्रदेश कमिटीमा सिफारिस गरेको साहले बताएका छन ।
यसअघी २०७४ सालको स्थानिय निकाय निर्वाचनमा जम्मा १ सय ८४ मतले काँग्रेसका उम्मेदवारबाट पराजित भएका बिनोद साह पुनः मेयरको उम्मेदवार लगभग तय रहेको एमाले मधेस प्रदेश कमिटिले जनाएको छ ।
२०५४ सालमा एमालेबाटै तत्कालिन कलैया नगरपालिकाको उपमेयर भएका साह २०७० को संबिधानसभा सदस्य तथा २०७४ को कलैयाको मेयर पदमा झिनो मतान्तरले पराजित भएका थिए ।
जिल्लामा चिरपरिचित रहेका उनी करिब ७ वर्ष बारा उधोग वाणिज्य संघको अध्यक्ष समेत भईसकेका छन् ।