राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी स्थानिय निकाय निर्वाचनमा पार्टीबाट उम्मेदवार हुने तिन महानगरका मेयर पदका उम्मेदवारहरुको टुंगो लगाएको छ ।
पार्टीको बैठकले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ ।
राप्रपाले काठमाडौंमा कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने भएको छ भने ललितपुरमा अष्ट महर्जन र पोखरामा शंकर खराललाई मेयर उठाउने निर्णय गरेको महासचिव कुन्ती शाहीले जनाईन् ।
महर्जन ललितपुरका पूर्वअध्यक्ष हुन् । भने खराल विश्व हिन्दु महासंघका उपाध्यक्ष हुन् । खराल २ महिनाअघि मात्रै राप्रपामा प्रवेश गरेका थिए । महासचिव शाहीका अनुसार पार्टीले शुक्रवारसम्म अन्य महानगर र उप महानगरपालिकाको उम्मेदवारी टुंगो लगाईसक्ने छ ।
राप्रपाले बुटवल उपमहानगरपालिकामा व्यवसायी मृगेन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने रुपन्देहीको भैरहवा नगरपालिकामा सागरप्रताप राणा, देवदह नगरपालिकामा माधव रिमाल र तिलोत्तमा नगरपालिकामा भुवन खनाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी रुपन्देहीकै रोहिणी गाउँपालिकाकाको प्रमुखमा ताहिर अलीलाई उम्मेदवार बनाईने भएको छ ।