मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न मन्त्री पदबाट राजीनामा दिने भएका छन् ।
सिराहा क्षेत्र नं.४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य समेत रहेका यादवलाई नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि एकल नाम सिफारिस गरेपछी उनले राजिनामा दिनलागेको बताईएको छ ।
मेयर लड्न आफ्नो नाम सिफारिस गर्न लगाएका मन्त्री यादवले सभामुख सरोज कुमार यादवलाई लाई राजीनामा बुझाउने तयारी गरेको उनि निकट स्रोतले जनाएको छ ।
पार्टीले मेयरमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद छाड्न तयार भएको श्रोतको दावी छ । उनले आजै आफ्नो राजिनामा बुझाउने जनाईएको छ ।
सिराहाको सिरहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबिच गठबन्धन गर्ने सहमति भईसकेको छ ।
एकीकृत समाजवादीले मेयरमा यादवलाई सारेको छ भने माओवादीको कोटामा परेको उपमेयरको टुंगो लागिसकेको छैन ।
सिराहामा नेपाली कांग्रेसका नेताहरूले पनि गठबन्धन गर्न सकारात्मक भएपनी जिल्लामा कांग्रेसको समानान्तर समितिका कारण सहमती भईसकेको छैन् ।