नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा शुक्रबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।
घोषणापत्रमा अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको रुपमा संसद विघटन गरेको निर्णयलाई सही निर्णय गरिएको ठहर गरिएको छ ।
घोषणापत्रमा उसले रेल र जल यातायातको योजना अघि सारेको छ। ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने। ठूला सहरहरुमा रेल, बस, र्यातपिड ट्रान्जिटलगायतका यातायात प्रणालीको विकास गर्ने। ठूला नदी प्रणालीहरुमा जल यातायातको विकास गर्नेु, घोषणापत्रमा भनिएको छ ।
त्यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने भनिएको छ। आवश्यक ठाउँमा पक्की पुलको व्यवस्था गर्ने घोषणापत्रमा भनिएको छ ।
एमालेले प्रत्येक घरमा बिजुली पुर्याउने, विपन्न परिवारलाई निःशुल्क दिने उल्लेख गरेको छ ।
शुक्रबार नै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका थिए ।
एमालेको घोषणापत्रको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्ः