स्थानिय निकाय निर्वाचनको मनोनयपत्र दर्ताको २ दिन बाँकी रहँदा पुनः उम्मेदवार हुन जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिन थालेका छन् ।
निर्वाचन आयोगले स्थानिय निकायमा उम्मेदवार हुन सार्वजनिक पद धारण गरेका व्यक्तिले राजिनामा दिनुपर्ने प्रावधान राखेपछी उनिहरुले राजिनामा दिन थालेका हुन् ।
आज मात्रै भरतपुर महानगर र वीरगन्ज महानगरका मेयरले पदबाट राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र विरगन्ज महानगरका मेयर विजय सरावगीले पदबाट राजीनामा दिएका छन् ।
त्यस्तै कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, उपमेयर रहिमा खातुन लगायत नगरसभाका उम्मेदवारहरुले राजिनामा बुझाएका छन् ।
५ दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो । माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार हुन भने जसपाबाट विरगञ्जको मेयरमा जितेका सरावगी अहिले नेकपा एमालेबाट उम्मेदवार भएका छन् ।
यता नेपाली कााग्रेसबाट कलैयाको मेयर पदमा जितेका राजेशराय यादव पुनः उम्मेदवार हुने दावीका साँथ पदबाट राजिनामा दिएका छन् । यथापी उनको नाम काँग्रेसले तय गरिसकेको छैन् ।
राजिनामा दिएसंगै जनप्रतिनिधिहरुले आफुले प्रयोग गर्दै आएका सवारीहरु समेत पालिकालाई फिर्ता गरेका छन् ।