६ वटा महानगरको मतपत्रमा उम्मेदवारी दिएको पदमा मात्र दलको चुनाव चिह्न हुने निर्वाचन आयोगले जानकारी दिएको छ
शनिबार नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिएका हुन् ।
उनले भने, ‘राष्ट्रिय दलहरुले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहन्छ, उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न रहँदैन ।’
त्यसैका लागि ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने उनले बताए ।