वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
आइतबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । यो पटक आयोगले मनोनयन दर्ता समय सोमबार साँझ ५ बजेसम्म तोकेको छ ।
केही उम्मेदवारले मनोनयन गर्दा गरिसकेका छन् भने कोही निर्वाचन आयोग गइरहेका छन् ।
स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी ३५ हजार २२१ पदका लागि उम्मेदवार दर्ता हुनेछ ।
देशभरका ७५३ वटै स्थानीय तहमा वैशाख ३० गते एकैदिन स्थानीय तहको निर्वाचन हुँदैछ ।