डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक दाङ बबई गाउँपालिका हापुरे ४ घर भएका ३३ वर्षीय देबराज खत्री र सह–चालक छत्रेश्वरी गाउँपालिका १ दमाचौरका अन्दाजी १८ वर्षीय चित्र बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । चालक खत्रीको दुर्घटना स्थलमै र सहचालक विकको अस्पताल जिल्ला सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो ।
बागचौर नगरपालिका वडा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटोे डबल कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर शनिबार राती दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका बागचौर नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३० का धन बहादुर वलीको अवस्था भने सामान्य रहेको जनाइएको छ ।