नेपाली कांग्रेसले केन्द्रीय संसदीय समिति गठन गरेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय संसदीय समिति गठन गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेललाई संसदीय समिति सदस्यमा सिफारिस गरेका छन् ।
कांग्रेस विधानअनुसार महानगरको टिकट वितरण गर्न संसदीय समिति गठन गर्नुपर्ने हुन्छ । विधानमा २५ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ ।
कांग्रेसले काठमाडौंको मेयरमा सिर्जना सिंहको नाम टुंगो लगाए पनि अन्य महानगरमा उम्मेदवार छान्न सकेको छैन ।