नेपाली कांग्रेसले फेरि चिरिबाबु महर्जनलाई ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई फेरि ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका हुन् । महर्जन ललितपुरका वर्तमान मेयर हुन् ।
टिकट पक्का भएसँगै उनले केहीबेरमा जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दैछन् ।
२०७४ को निर्वाचनमा महर्जन नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले पराजित गर्दै महानगर प्रमुख बनेका थिए ।